“टालटुले सुधारले देश जोगिँदैन, व्यवस्था नै बदल्नुपर्छ”- लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देशको अस्तित्व जोगाउन अब सामान्य सुधारले मात्र नपुग्ने भन्दै व्यवस्था परिवर्तन अपरिहार्य भइसकेको बताएका छन्।
शनिबार झापाको बिर्तामोडमा आयोजित राप्रपाको बृहत् जनजागरण सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले देश कमजोर बन्दै गए कसैको पनि भविष्य सुरक्षित नरहने चेतावनी दिए। उनले आम नागरिक र विशेषगरी युवाहरूलाई सचेत र जागरुक हुन आग्रह गरे।


नयाँ राष्ट्रिय समझदारीको प्रस्ताव
अध्यक्ष लिङ्देनले चुनाव मात्र समाधान नभएको जिकिर गर्दै आगामी निर्वाचनअघि नै राजा, राजनीतिक दल, ‘जेनजी’ पुस्ता र सबै सरोकारवाला पक्षहरूबीच नयाँ राष्ट्रिय समझदारी आवश्यक रहेको बताए।

EPIC EPIC EPIC


उनले भने, “संसारका देशहरू अघि बढिरहेका छन्, हाम्रो देश मात्र नबन्ने कुनै कारण छैन। अबको सम्झौता यस्तो हुनुपर्छ जहाँ कसैको हार नहोस् र देशले जितोस्। देश हारे सबै सकिन्छ।”
उनले कांग्रेस, एमाले र माओवादीलाई देश डुबाएको आरोप लगाउँदै ती दलका नेतृत्वले आफ्नै पार्टीभित्रको असन्तुष्टिसमेत बुझ्न नसकेको टिप्पणी गरे। भ्रष्टाचारलाई राप्रपाको मुख्य शत्रु भन्दै संवैधानिक निकायमा दलीय भागबण्डा कायम रहेसम्म भ्रष्टाचारीमाथि कारबाही सम्भव नहुने दाबी गरे।


प्रदेश खारेजीको माग
सभालाई सम्बोधन गर्दै राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले वर्तमान संघीय संरचना मुलुकका लागि आर्थिक बोझ बनेको बताए। उनले प्रदेश संरचनालाई ‘सेतो हात्ती’ को संज्ञा दिँदै तत्काल खारेज गर्नुपर्ने माग राखे।


शाहीले भने, “देश बिग्रँदा नेताहरूको केही बिग्रिँदैन, तर युवाहरूको भविष्य अन्धकार बन्दैछ। त्यसैले अब व्यवस्था बदल्न युवाहरू नै सडकमा उत्रिनुपर्छ।”


उल्लेख्य संख्यामा कार्यकर्ता र सर्वसाधारणको उपस्थिति रहेको उक्त सभाले झापामा राप्रपाको शक्ति प्रदर्शन मात्र होइन, विद्यमान राजनीतिक व्यवस्थाप्रति तीव्र असन्तुष्टि पनि प्रकट गरेको छ। कार्यक्रममा वक्ताहरूले भ्रष्टाचारको मूल जड राजनीतिक भागबण्डा र नियुक्ति रहेको भन्दै कडा आलोचना गरेका थिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *