काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको टिप्पणी गरेको आरेपमा पक्राउ परेकी टिकटकर रमा बस्नेत धरौटीमा हिा भएकी छिन् । उनलाई ३० हजार रुपैयाँ धरौटीमा छोड्न जिल्ला अदालत काठमाडौँले आदेश गरेको हो ।
न्यायाधीश बिष्णुप्रसाद उपाध्यायको एकल इजलासबाट यस्तो आदेश भएको हो ।
खोटाङकी बस्नेत गत असार १ मा पक्राउ परेकी थिइन् । उनीविरुद्ध जिल्ला सरकारी वकीलको कार्यालयले विद्युतीय (इलेकट्रोनिक) कारोबार ऐन अन्तर्गत कसुर गरेको अभियोगमा मुद्दा दायर गरेको थियो ।
भिडियोमार्फत घृणा, द्वैष फैलाइ चरित्रहत्या गरेको भन्दै उनलाई १ लाख जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै हुनुपर्ने माग गरिएको थियो ।