तेह्रथुम। टिकटक बनाउने क्रममा खोलामा खसेर शिक्षक र विद्यार्थीको मृत्यु भएको छ ।
तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाको गौखुरी माविमा कार्यरत नर्स शिक्षक विराटनगर निवासी रविना राजवंशी र कक्षा ७ मा अध्ययनरत अन्दाजी १२ वर्षीया छात्रा सुस्मिता भट्टराईको मृत्यु भएको हो ।
टिकट बनाउने क्रममा खोरुङगा खोलाको दहमा खसेर शनिवार अपरान्ह घटना स्थलमै उनीहरूको मृत्यु भएको प्रहरी नायव उपरिक्षक चिनीमायाँ तामाङले बताउनुभयो ।
मृतकको शव दहबाट झिकेर खोला बगरमा राखिएको छ । घटनास्थल मुचुल्का पछि मृत्युको पोस्टमार्टम आइतबार हुने भएको छ ।