टिकटक लाइभमा अश्लील हर्कत गर्ने माओवादी नेत्री शान्ति बराल बर्खास्त

सामाजिक सञ्जाल टिकटकमा अश्लील हर्कत गरेर विवादित बनेकी नेतृ शान्ती बराललाई नेकपा माओवादी केन्द्रले निलम्बन गरेको छ । शनिवार एक विज्ञप्ति प्रकाशित गर्दै पार्टीको सैनामैना नगर समितिले उनलाई सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेको हो ।

“पार्टी अनुशासनभन्दा बाहिर गएर आफ्नो विचार व्यवहार प्रस्तुत गर्ने छुट कसैलाई पनि नभएको कुरा पुनः स्मरण गराउन चाहन्छौं,” समितिको विज्ञप्तिमा भनिएको छ । बराल मा‌ओवादीको सैनामैना नगर कमिटी सदस्य पदमा रहेकी थिइन् ।

EPIC EPIC EPIC EPIC EPIC

उनीमाथि पार्टीको साङ्गठनिक जिम्मेवारी, पार्टीमा हुनुपर्ने सामाजिक तथा सांस्कृतिक अनुशासन तथा आम नेपाली सामाजिक तथा सांस्कृतिक व्यवहार विरुद्ध गई सामाजिक सञ्जालमा प्रस्तुत हुन गएको आरोप लगाइएको छ । “उक्त कारण समेतले निजलाई पार्टी सङ्गठनको सम्पूर्ण जिम्मेवारी र पार्टी सदस्य समतबाट निलम्बन गरिएको जानकारी गराउँदछौं,” विज्ञप्तिमा अगाडि भनिएको छ 

केही दिन अघि बरालले टिकटक लाइभमार्फत आफ्नो वक्षस्थल प्रदर्शन गरेकी थिइन् । त्यस अघि समेत सामाजिक सञ्जालमा प्रस्तुत हुने शैली अपाच्य किसिमको रहँदै आएको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *