झापा । शंकर ग्रुप अन्तर्गत जगदम्बा मोटर्स प्रालिले नेपालमा टिभिएस मोटर कम्पनीको आधिकारिक बिक्रेताहरूमार्फत नयाँ मोडलका दुई मोटरसाइकलको आज एक कार्यक्रमका बिच भव्य लञ्च गरेको छ। कम्पनीको बुधवारेस्थित आधिकारिक बिक्रेता एम डी ट्रेड बुधवारेले भब्य कार्यक्रम सहित टिभिएस राइडर आइजीओ सार्वजनिक गर्दै नेपाली बजारमा नयाँ शक्ति, शैली र प्रविधि ल्याउने बताएको छ।
युवाहरू माझ बढ्दो लोकप्रियता र बजारमा माग पनि बढेकोले सो प्रविधि सहितको मोटरसाइकल लञ्च गरिएको एम डी ट्रेड बुधवारेका सञ्चालक मनोज अर्यालले बताएका छन् । त्यसैगरी, टिभिएस राइडर आइजीओ नयाँ पुस्ताका राइडरहरूलाई लक्षित गरिएको स्टाइलिश १२५ सीसि मोटरसाइकल रहेको बताइएको छ जस्को स्टाइल एवम माइलेजले युवाहरूको मन जित्ने विश्वास लिइएको छ ।
टिभिएस राइडर आइजीओ एफआई बी एस सक्सि १२४.८ सीसि इन्जिन प्रयोग गरिएको जनाइएको छ । फ्यूल इन्जेक्सन प्रणालीले करिब ५० किलोमिटर दक्षता दिन्छ। यसमा एलइडी हेडलाइट, डिजिटल क्लस्टर, सीटमुनि स्टोरेज, राइड मोड्स र उत्कृष्ट माइलेजजस्ता फिचरहरू समावेश रहेका छन्, जसले दैनिक यात्रा र रोमाञ्च दुबैमा सहजता ल्याउँने कम्पनीको विश्वास छ ।



















