अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड जे. ट्रम्पले इरानविरुद्ध “सफल सैन्य कारबाही” सम्पन्न भएको घोषणा गरेका छन्। उनले आज राति १० बजे श्वेत सदनबाट राष्ट्रलाई सम्बोधन गर्ने घोषणा गरेका छन्।
ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, “यो अमेरिकाका लागि, इजरायलका लागि र सम्पूर्ण विश्वका लागि ऐतिहासिक क्षण हो। इरान अब यो युद्ध अन्त्य गर्न सहमत हुनु पर्दछ। धन्यवाद!”

यस घटनालाई लिएर अन्तर्राष्ट्रिय स्तरमा प्रतिक्रिया आउन सुरु भइसकेको छ भने, राजनीतिक विश्लेषकहरूले यस कदमले मध्यपूर्वमा तनाव अझ बढ्ने चेतावनी दिएका छन्।
अहिलेसम्म इरानको आधिकारिक प्रतिक्रिया आएको छैन, तर विश्लेषकहरूका अनुसार आगामी दिनहरूमा द्वन्द्व झनै चर्कन सक्ने देखिन्छ।