डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ बढ्यो, पेट्रोल र ग्यास यथावत

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेको मूल्य बढाएको छ। निगम सञ्चालक समितिको बैठकले शनिबार मध्यरातदेखि लागू हुनेगरी डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपियाँ बढाएको हो। तर पेट्रोल र ग्यासको मूल्य भने यथावत राखिएको छ । 

मूल्य समायोजनसँगै डिजेल र मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर एकसय ३६ रुपियाँ ५० पैसा, दोस्रो वर्गका लागि १३८ रुपियाँ र तेस्रो वर्गका लागि एक सय ३९ रुपियाँ कायम भएको छ। निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोलाई पहिलो वर्ग, सुर्खेत र दाङ डिपोलाई दोस्रो वर्ग र काठमाडौँ, पोखरा र दिपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ। 

EPIC EPIC EPIC

निगमको डिपोदेखि १५ किलोमिटरसम्मका लागि उक्त खुद्रा बिक्री मूल्य लागू हुनेछ। निगमले हवाई इन्धन (आन्तरिक र अन्तर्राष्ट्रियतर्फ) को मूल्य घटाएको छ । आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर एक रुपियाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौँमा प्रतिकिलोलिटर अमेरिकी डलर सातले घटाइएको छ । मूल्य घटेसँगै आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १२७ रुपियाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी ९६६ पुगेको छ।

इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर शुन्य दशमलव १२ पैसा, डिजेल र मट्टितेलमा प्रतिलिटर चार रुपियाँ ६६ पैसा तथा एलपी ग्यासमा प्रतिसिलिण्डर ४५ रुपियाँ ४९ पैसा बढेर आएको तथा हवाई इन्धनमा प्रतिलिटर एक रुपियाँ ०८ पैसा घटेर आएकाले खुद्रा बिक्री मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *