Search
Close this search box.
Search
Close this search box.

डेंगु संक्रमणबाट इलामका ढकालको मृत्यु

इलाम। डेंगुको संक्रमणबाट इलाममा आज एक व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा रोङ गाउँपालिका-१ निवासी ३६ वर्षीय नारायण ढकाल रहेका छन्।

उनको उपचारका क्रममा विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा निधन भएको मृतकका भाइ नरेन्द्र ढकालले जानकारी दिए। ढकालका अनुसार मृतक नारायणलाई अत्यधिक ज्वरो आएपछि बिर्तामोडस्थित मनमोहन अस्पताल भर्ना गरिएको थियो।

EPIC EPIC EPIC

त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नोबेल शिक्षण अस्पताल पुर्‍यायाइएको थियो। प्लेटलेटको संख्या ह्वात्तै घटेर उनको निधन भएको हो।

श्रीमती मुना र दुई छोरी सलिना र समीक्षा ढकाल रहेका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *