काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई बंगलादेशी नागरिक अवैध अमेरिकी डलरसहित पक्राउ परेका छन् ।
आज बिहान साढे ११ बजे विमान बंगलादेशको उडान नम्वर बिजी ३७२ बाट ढाका उड्न लागेका ४७ वर्षिय देवाशिसकुमार साह र ३७ वर्षे मोहमद मोफिजुल इस्लाम सुरक्षा चेकजाँचका क्रममा २० हजार एक सय अमेरिकी डलरसहित पक्राउ परेका हुन् । उनीहरु विमानस्थलको स्टेरलाईज चेकिङ एरियामा अवैध डलरसहित समातिएको प्रहरीले जनाएको छ ।
उनीहरुले हाते झोलामा लुकाएर प्रतिव्यक्ति १० हजारका दरले डलर ढाका लैजान लाग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका सुरक्षाकर्मीले विमानस्थलको स्टेरलाईज चेकिङको एक्सरेमा पक्राउ गरेको हो ।



















