तातो खोलेले पोलेर कार्की घाइते

झापा । झापाको दमकमा खोले पकाउने क्रममा तातो खोले शरीरमा पोखिएर एकजना घाइते भएका छन् । गएराति ९ बजे दमक ४ बस्ने २५ वर्षीय दिपक कार्की डोलीले आफ्नै घरमा गाईको खोले पकाउने क्रममा उक्त तातो खोले उनको शरीरमा पोखिएको थियो । दुबै खुट्टा, बाँया हात, छाती र पेटमा पोलेर घाइते भएका कार्कीलाई उपचारको लागि आम्दा अस्पतालमा लगिएको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *