झापा, भदौ ६ । ताप्लेजुङबाट बिर्तामोडतर्फ आउँदै गरेको एक इभी भ्यान गएराति बुद्धशान्तिमा दुर्घटना हुँदा नौ, जना घाइते भएका छन्।
प्रहरीका अनुसार राति करिब १ः२० बजे बुद्धशान्ति गाउँपालिका–३ धर्मकाटास्थित मेची राजमार्गमा प्र १–०१–००१ ज ४०८८ नम्बरको इभी भ्यान आफैं अनियन्त्रित भई सडक किनारमा दुर्घटनाग्रस्त भएको हो।
घाइते हुनेमा :
१. चालक ताप्लेजुङ फुङलिङ–२ का ३० वर्षीय लाक्पा थेपेन शेर्पा – छातीमा चोट, अवस्था सामान्य।
२. भक्तपुर चाँगुनारायण–१ का १२ वर्षीय सेसेहाङ सुवा – निधारमा चोट, अवस्था मध्यम।
३. ३४ वर्षीया प्रेमा योङहाङ – टाउको र हातमा चोट, अवस्था सामान्य।
४. ३२ वर्षीया टिका लिम्बू – निधार र दाहिने हातमा चोट, अवस्था सामान्य।
५. झापा अर्जुनधारा–१० का ४४ वर्षीय बिजय लिम्बू – खुट्टा र कुममा चोट, अवस्था सामान्य।
६. ४२ वर्षीया मनकुमारी लिम्बू – निधार र छातीमा चोट, अवस्था मध्यम।
७. भक्तपुर चाँगुनारायण–१ की १९ वर्षीया सुविमा लिम्बू – पेट र टाउको दुखाइ, अवस्था गम्भीर।
८. झापा दमक–३ की २१ वर्षीया मनिता धिमाल – तिघ्रामा चोट, अवस्था सामान्य।
९. ४३ वर्षीया रिता धिमाल – खुट्टामा चोट, अवस्था सामान्य।
सबै घाइतेहरुलाई उद्धार गरी बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। दुर्घटनाग्रस्त भ्यान घटनास्थलमै रहेको तर सडक अबरुद्ध नभएको प्रहरीको भनाइ छ।