काठमाडौं : तेह्रथुमको आठराई गाउँपालिका–३ मा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।
मन्दिर बनाउने क्रममा चट्याङ लागेर घाइते भएका सागर थिङलापुको उपचारका लागि पाँचथर जिल्ला अस्पताल पुर्याइएको थियो।
चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रुपेश तामाङले जानकारी दिए।



















