त्रिभुवन माविको शुभकामना कार्यक्रम:बिद्यार्थी,शिक्षक बिदाईसँगै छात्रवृत्ति वितरण

नारायण रिजाल/बुद्धशान्ति बुद्धशान्ति गाउँपालिका वडा नं १ स्थित श्री त्रिभुवन मा. वि. होक्से ले आज शुभकामना आदान प्रदान, कक्षा १२ पास विद्यार्थी, शिक्षक बिदाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्ग बहादुर तिम्सिनाको सभापतित्वमा भएको कार्यक्रममा , प्रमुख अतिथि गाउँपालिका अध्यक्ष मनोज प्रसाईं, विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष भवानी खतिवडाले गरेका थिए।

वडा नं १ का वडाध्यक्ष अनिल वाग्ले, साविक गाउँ विकास समिति अध्यक्ष खडानन्द वाग्ले विशेष अतिथि रहेको कार्यक्रममा विद्यालयका पूर्व प्रधानाध्यापक, पूर्व शिक्षक एव पदाधिकारी लगायत जनप्रतिनिधिहरुको उपस्थिति थियो।

EPIC EPIC EPIC EPIC EPIC

विद्यालयका प्रधानाध्यापक कुमार आचार्यको स्वागत मन्तव्य सगै बिद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए।

कार्यक्रममा अनिवार्य अवकास पाएका शिक्षक नरेन्द्र बराल र पवन भण्डारीको बिदाई समेत गरिएको थियो।

रम्भादेवि, अस्मिता कोइराला स्मृति छात्रावृत्ति वितरणमा २०७८ को मूल्यांकन अनुसार कक्षा (५,८,१०,१२) १-१ गरी ४ जेहेन्दार तथा आर्थिक विपन्न विद्यार्थीलाई ५००१ का दरले वितरण गरिएको थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

Bishnu Prasad Lamichane

Leave a Reply

Your email address will not be published. Required fields are marked *