झापा। झापा दमकस्थित आम्दा अस्पतालमा गलत रगत चढाइएको आरोपमा विवाद भएको छ।
दमक नगरपालिका–२ की ३१ वर्षीया हेमकला राईलाई ओ पोजिटिभ ब्लड आवश्यक परेपछि खरखरेस्थित आम्दा अस्पतालमा भर्ना गरिएकी थिइन्। तर, अस्पतालले ओ पोजिटिभ नहुँदा ए पोजिटिभ ब्लड चढाएको बिरामीका आफन्तको आरोप छ।
हिजो साँझ ५ बजे ब्लड चढाउने क्रममा आवश्यक समूहको रगत नभएको थाहा पाएपछि विवाद सुरु भएको थियो। बिरामीका आफन्तहरूले चिकित्सकको लापरवाही भएको भन्दै कारबाहीको माग गरेका छन्। साथै, बिरामीलाई केही भए जिम्मेवारी लिनुपर्ने भन्दै अस्पताल प्रशासनलाई चेतावनीसमेत दिएका छन्।
बिरामी राईको अवस्था हाल सामान्य रहेको र उनी बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।
विवादपछि इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी निरीक्षक बिपन बिश्वकर्माको नेतृत्वमा टोली खटिएको थियो। प्रहरीले दुबै पक्षलाई सम्झाएर स्थिति साम्य पारेको जनाएको छ।
One Response
malai chai arko blood chadaye jasto lagdaina kina vane arko blood chadauda Manche serious nai huncha