बिर्तामोड । झापाको दमक नगरपालिका ४ मा रहेको रातो भाले सेकुवा कर्नर होटलबाट नगदसहित ६ जना जुवाडेहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका ६ का ६६ बर्षीय विश्वराज पराजुली, झापा बुद्धशान्ति गाउँपालिका ३ का ४५ बर्षीय सोनी तामाङ, होटल संचालक दमक नगरपालिका ४ का ४७ बर्षीय शेरवहादुर कार्की, सोही स्थानका ५३ बर्षीय रेवत बुढाथोकी, ४६ बर्षीय चेतबहादुर कुँवर र दमक नगरपालिका ९ का ४६ बर्षीय रविन श्रेष्ठ रहेका छन् ।
बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले नगद दुई लाख ५६ हजार ३५०, एक बुङ ताससहित उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।