दमकमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

दमक। दमक नगरपालिका–७ स्थित पशुहाट डाँडामा बुधबार साँझ एक यात्रुबाहक बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार, साँझ करिब ७:२० बजे पूर्व–पश्चिम राजमार्गमा मे १ ख ३०२७ नम्बरको बस र प्र.१–०२–०५२ प. २२११ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए। उक्त दुर्घटनामा परेर गम्भीर घाइते भएका मोटरसाइकल चालक दमक–४ निवासी ३६ वर्षीय मिलन थापाको उपचारका क्रममा मृत्यु भएको हो।

EPIC EPIC EPIC

थापालाई गम्भीर अवस्थामै विराटनगरस्थित आर्य न्युरो अस्पताल लगिएको थियो। तर, राति करिब ८:४० बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।

दुर्घटनामा संलग्न बस दमकबाट केर्खातर्फ जाँदै गरेको थियो भने मोटरसाइकल केर्खाबाट दमकतर्फ आइरहेको थियो। बस चालक गौरादह–४ निवासी ३२ वर्षीय सरकार टुडुलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ।

दुबै सवारीसाधन प्रहरीको नियन्त्रणमा रहेका छन्। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च