दमकमा मर्निङ वाक हिँडेका दुई महिला जंगली हात्तीको आक्रमणमा घाइते

झापा। झापाको दमक नगरपालिका–१ बरगाछीस्थित भित्री सडक खण्डमा जंगली हात्तीको आक्रमणमा परी दुई महिला घाइते भएका छन्।

आइतबार बिहान करिब सवा चार बजे बिहानको मर्निङ वाकमा निस्किएकी सोही स्थानकी ४७ वर्षीया सुनिता राई र ४२ वर्षीया कविता राईलाई एउटा जंगली हात्तीले आक्रमण गरेको थियो।

EPIC EPIC EPIC EPIC EPIC


घटनामा सुनिता राईको टाउको, दाहिने आँखीभौं, दुबै खुट्टा, बायाँ हात र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ। कविता राईको भने बायाँ खुट्टाको कुर्कुच्चामा चोट लागेको र उनको अवस्था मध्यम रहेको बताइएको छ।
दुबै घाइतेलाई उपचारका लागि दमक अस्पतालमा भर्ना गरिएको छ। आक्रमणपछि हात्ती जंगलतर्फ फर्किएको स्थानीयले बताएका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *