दसैं नजिकियो, बजारमा छैन उत्साह

बुद्धशान्ति(पालिका सन्देश) । नेपालीहरुको महान चाड दसैं नजिकै आइसकेको छ । दसैं भन्नेबितिकै नयाँ लुगा लगाउने, किनमेल गर्ने, मीठो खानेकुरा खाने भन्ने बुझिन्छ । कुनै समयमा चाडपर्व नजिएसँगै महिना दिन अगाडिदेखि नै पर्वका लागि सामान जोहो गर्ने क्रम सुरु हुन्थ्यो । बजारमा घुँइचो लागिसकेको हुन्थ्यो । गाउँघरमा आफूसँग भएको अन्नपात, खसीबाख्रा आदि बेचेर पर्व मनाउन लत्ताकपडा, भाँडाकुँडा, मीठोमसिनो सामग्री जोहो गर्नेक्रम अगाडि नै सुरु हुन्थ्यो । साना नानीहरु पनि नयाँ लुगा लगाउन पाइने खुसीमा उत्सुक भइसकेका हुन्थे ।

तर यो वर्ष भने खासै उत्साह देखिएको छैन । दसैं आउन अब डेढ साता मात्र बाँकी छ । तर बजारमा त्यसको चहलपहल सुरु भएको खासै देखिदैन । बजार अहिले पनि सुनसान छ । पसलहरु सुनसान छन् । दसैं लक्षित ग्राहकहरु बजारमा आइसकेका छैनन् । उपभोक्तालाई चाडवाडमा किनमेल गर्नेका लागि सहज होस् भनेर धेरै क्षेत्रमा सुपथ मुल्यको पसल समेत सुरु गरिएको छ । तर उपभोक्ता पुग्न सकेका छैनन् ।

EPIC EPIC EPIC

झापाका मुख्य बजारहरु बिर्तामोड, धुलाबारी, शनिश्चरे, भद्रपुर, बुधबारे लगायतका बजारमा दसैंको अघिल्लो बर्षको तुलनामा यो बर्ष व्यापार नै नभएको व्यापारीहरु बताउँछन् । बजारमा नयाँ नयाँ डिजाइनका कपडाहरु आइसकेको छ । तर किन्ने ग्राहकहरु कमै मात्रामा आइरहेको बुधबारे बजारमा रहेको दिप्सन स्टोर्सका सञ्चालक दिपक तिम्सिनाले बताए । उनले बजारको दिन बाहेक अन्य दिन व्यापार खासै नहुने सुनाए ।

विगतका वर्षहरुमा विद्युतीय उपकरणको व्यापार उच्च हुने गरेपनि यस वर्ष सुस्तता देखिएको छ । चाडपर्वमा विभिन्न कम्पनीले फ्रिज, टिभी वासिङ मेसिन, ल्यापटप जस्ता उपकरणहरुमा छुट दिएपनि ग्राहक आकर्षित नभएको बिर्तामोडका व्यापारी अविरल नेपालले बताए । दसैंलाई लक्षित गरेर सामान थपेको तर नबिक्ने पो हो कि भन्ने चिन्ता बढेको छ धुलाबारीका व्यपारी श्याम शाहलाई । उनी भन्छन् , “अघिल्लो दसैंमा यतिबेला बजारमा निकै भीडभाड भइसक्थ्यो र हामी काम गर्नेहरुलाई पनि निकै हम्मे हुन्थ्यो, तर अहिले दिनभरी ग्राहक कुरेर बस्नु परिरहेको छ ।’

पछिल्लो समय देशको आर्थिक मन्दीका कारण उपभोक्तासंग पर्याप्त खर्च गर्ने पैसा नभएकाले पनि त्यसको असर बजारमा देखा परेको स्थानीय व्यापारीको बुझाई छ । शनिश्चरे बजारमा आठ बर्षदेखि कपडाको होलसेल पसल गर्दै आएकी नानु थापाले आफुले व्यवसाय सुरु गरेदेखिकै यस्तो मन्दी भएको यसैपाली मात्रै थाहा भयो । उनले भनिन्,ि ‘अहिले बजारमा भएका सबै पसलहरुको अवस्था उस्तै छ । किनमेल गर्नेको संख्या दिनदिनै घट्दो छ । चाडपर्व नजिकै आइसक्दा पनि व्यापार बढेको छैन । यसले सबै व्यापारीलाई अप्ठ्यारो पारिदिएको छ ।’

रुस युक्रेन युद्धको बाछिटाले विश्व नै आर्थिक मन्दिको चपेटामा परेको अवस्थामा नेपाल जस्तो आयतमुखी अर्थतन्त्र भएका देशमा मूल्य सोचेभन्दा बढी हुनु, सरकारका तर्फबाट सहजरुपमा आर्थिक गतिविधि चुस्त बनाउन उचित कदम नचालिँदा उपभोक्ता तथा व्यवसायीले सास्ती भोग्नु परेको छ । त्यसैले पनि चाडबाड नजिकिँदा समेत बजार तात्न नसकेको बिज्ञ बताउँछन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

One Response

  1. उत्साह त आफैले ल्याउने हो, नल्याई कसरी आउछ तनी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *