दासाई नृत्यको तयारीमा सन्थाल

उर्लाबारी, असोज १४ गते  । अल्पसङ्ख्यक समुदायमा पर्ने सन्थाल जाति यतिबेला मोरङ र झापाका गाउँ गाउँमा दासाई नृत्यको तयारीमा जुटेका छन् । प्रकृतिपूजक सन्थाल आदिकालदेखि नै दसैँ र तिहारका बेला दासाई नृत्यमा रमाउने गर्छन् । सन्थालको प्रमुुख पर्व सोराहय हो तर विजयादशमीदेखि पूर्णिमासम्म गाउँटोलमा दासाई नृत्य नाचेर मनोरञ्जन दिने गर्छन् । सन्थालको आकर्षक नृत्य हेर्न पाइएन भने अरू समुदायलाई दसैँ आएको महसुस नै हुँदैन । उर्लाबारी–८ का प्रदीप धिमालले भन्नुभयो, “दासाई नृत्यमा सन्थालले बाजागाजा बजाएर नाच्न थालेपछि दसैँ भित्रिएको अनुभव हुन्छ ।” 

उर्लाबारी–८ का गोरे हेमरनले भन्नुभयो, “दासाई नाचले सन्थाल जातिको जातीय एवं सांस्कृतिक पहिचान जोगाइराखेको छ ।” हाम्रो संस्कृति र परम्पराको जगेर्ना गर्न बल्ल सरकारी निकायले सानोतिनो सहयोग गर्न थालेको छ । आफ्नै भाषा, चाडपर्व, धर्म, संस्कृति र पोसाक भएका सन्थाल धार्मिक एवं सांस्कृतिक अतिव्रmमणमा परिरहेका छन् । गोरे हेमरनले भन्नुभयो, “गरिब भएकै कारण सन्थाल धर्म परिवर्तनको मारमा परेका छन् । सन्थालहरू दासाईको बेला मात्र होइन, सोराहाय र अरू पर्व मनाउँदा पनि एउटै वेशभूषामा सजिएर नृत्य प्रस्तुत गर्ने गर्छन् ।” 

EPIC EPIC EPIC EPIC EPIC EPIC

सन्थालहरू अति विपन्न छन् । सधैँ अर्काको घर र खेतीपातीको काम गरेर जीविकोपार्जन गर्ने लोपोन्मुख अवस्थामा पुगेका सन्थालहरू आदिकालमा जङ्गली जनावरको सिकार गर्ने र खेती पेसामा संलग्न थिए । उर्लाबारी–९ का ६८ वर्षीय वैद्यनाथ सोरेनका अनुसार तराईको जमिनलाई खेतीयोग्य बनाउन र बस्ती बसाउन सन्थालको महìवपूर्ण योगदान छ । सोरेनका अनुसार सन्थाल २०३० को दशकसम्म जमिनदार थिए तर पहाडबाट बसाइँसराइ भएर आएका खस आर्य समुदायलाई जग्गा बेच्दाबेच्दै यो समुदाय अहिले सुकुमवासी बन्न पुग्यो । यो समुदायमा अझै शिक्षा र चेतनाको अभाव छ । 

सन्थाल नृत्य आफ्नै जातीय भाषा, गाईजात्रे पहिरनमा प्रस्तुत हुने गर्छ । यो नृत्यमा नाच्नेहरू रङ्गीचङ्गी कमिज, धोती, शिरमा मयूरको प्वाँख र ऐना तथा झुम्काले बनाएको फेटा लगाई, जिउमा खाल खालका कल्ली बाँधेर बाजागाजाका साथ एउटै ताल, सुरमा सामूहिक रूपमा नाच्ने गर्छन् । नाच्नेहरू सबै पुरुष हुन्छन् भने उनीहरूलाई आकर्षित गर्न जोस थप्न महिला पनि उत्तिकै सव्रिmय हुन्छन् । नृत्य मध्य अवस्थामा महिलाले बेला बेलामा भुजा फ्याँक्ने गर्दछन् भने नाचिरहेका सन्थालहरू आफूलाई बहादुर साबित गर्न बिनाहात जमिनमाथि उडेका भुजा मुखमा हाल्ने प्रयास गर्छन् ।

नृत्यका व्रmममा उनीहरू कालीको शक्ति आफूमा चढेको देखाउन कोर्रा, लट्ठीको सहज रूपमा सामना गर्ने गर्छन् । मटितेल मुखमा हाली आगोको लप्का निकाल्ने, माटोमा टाउको गाड्ने, मान्छेमाथि मान्छे चढ्दै दुई÷तीन तहको घेरा बनाई नृत्य गर्ने, सयौँ कोर्रा सहेर नृत्यमा आकर्षण थप्ने गर्छन् । त्यति बेला नाच्नेहरूमा  कालीको शक्ति चढेको हुनाले कोर्राको प्रहारबाट केही नहुने जेठा सन्थालको भनाइ छ । उहाँले भन्नुभयो, “नाच्नेहरूले केही समय अघिदेखि अभ्यास गरेका हुन्छन् ।” 

नेपालको पूर्वी तराईमा बसोबास गर्ने धिमाल, राजवंशी, ताजपुरिया जस्तै सन्थाल पुरानो जाति हो तर सरकारले सन्थालको शिक्षा र मानवीय विकासमा ध्यान नपु¥याउँदा उनीहरू आर्थिक रूपमा दिनानुदिन सङ्कटमा परिरहेका छन् । सन्थाल समाज उर्लाबारीका अध्यक्ष मुसुई हेमरमले भन्नुभयो, “हाम्रा बालबालिकाले आफ्नो भाषा बिर्सिसके । चाडपर्वका बारेमा ज्ञान छैन । धनुषवाण लिएर जङ्गलमा सिकार खेल्न जान सरकारले रोक लगाएको छ । अझ सामुदायिक वनको अवधारणा आएपछि जङ्गल छिर्नै पाइँदैन । धनुषवाण हान्ने त यस्तै पर्वका बेला देखावटी मात्र हो ।” उर्लाबारी–९ का वडाध्यक्ष नरबहादुर मोक्तानका अनुसार भारतको झारखण्डमा स्वतन्त्रताको आन्दोलन हुँदा यहाँको जग्गाजमिन बिव्रmी गरेर साबिक राजघाट हाल उर्लाबारी–९ का धेरै परिवार उता गएका थिए तर पछि झारखण्ड अलग राज्य घोषणा भए पनि उनीहरूले त्यहाँ केही पाएनन् । त्यसपछि उनीहरू पुनः गाउँ फर्के । थोरै भएको जग्गा पनि बिव्रmी गरेर गएपछि जग्गा जोड्न सकेनन् र अझ गरिब भए । गोरखापत्र

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *