कचनकवल। झापाको कचनकवल गाउँपालिका वडा नं ७ स्थित दिपज्योती सामुदायिक वन उपभोक्ता समितिले नक्कली उपभोक्ता खडागरी काठ बेचबिखन गरेको घटना खुल्न गएको छ।
आर्थिक रुपमा निम्न स्तरमा रहेका असारी राजवंशी लगायतको जानकारी बिना नै उनिहरुको नाममा बिल काटी समिती स्वयंले काठ बेचबिखन गर्ने गरेको तथ्य फेला परेको हो।
कचनकवल स्थित चण्डि इटाभट्टामा रहेको काठ चिरान गर्ने मिलमा सखुवाका ३वटा गोलिया वरामद भएपछी यो तस्करिको खुलासा भएको हो।
असारी राजवंशीले सो घटनाको जानकारी पश्चात मेलमिलाप शाखामा निवेदन दिए पनि सो उपर कुनै कारवाही नभएको उनले बताएका छन्। उता बन उपभोक्ता समितिकी सचिव पुष्पा कार्की र उनका पति डिके कार्किले असारिलाई धम्की दिएको पिडितले बताएका छन्
“म मेलमिलाप समितिमा छु तेरो मुद्दामा तँलाइ फसाँंउछु” भन्दै पुष्पाले धम्की दिएको साथै डिकेले पहिला कुट्छु जस्ता कुरा गरेको असारिले बताइन्।
उता यस्तै अर्को घटनामा रिणकाडी गरि साबिक बालुबाडी निवासी चक्र राजवंशीले ५६ किवि काठ २४०० रुपैया किविको दरले लिएपनि उनलाई रू७००को दर देखाई जम्मा ३९ किविको मात्र बिल उपलब्ध गराएको पाइएको छ।
चक्रसंग भएको बिल सामाजिक संजालमा बाहिरिए पछि पुष्पा कार्किले किन बिल बाहिर देखाएको भन्दै चक्र लाई हप्काएको उनले बताए साथै उनको साथमा रहेको बिल पनि घरबाट खोसेर लगेको बताएका छन्।
आरोपित पुष्पा कार्किले बारम्बार म मेलमिलाप समितिमा छु तेरो केही पर्दा म के गर्छु जस्ता कुरा गर्दै धम्काएकोप्रती असारी राजवंशी त्रसित छिन्।