काठमाडौं । लोकप्रिय गायक दुर्गेश थापाको गीत ‘दुश्मन हेरेको हेरै’ युट्युबमा १० करोड (१०० मिलियन) भ्युज पार गरेको छ। यस उपलक्ष्यमा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गायक थापालाई सामाजिक सञ्जालमार्फत बधाई दिएका छन्।
ओलीले सामाजिक सञ्जालमा गायक थापासँगको तस्वीर शेयर गर्दै लेखेका छन्, “आजको नयाँ पिँढीले बेग्लै स्वादका गीत–संगीतमा रुचि देखाउन थालेको ‘दुश्मन हेरेको हेरै’ गीतको भ्युअरबाट थाहा हुन्छ। दुर्गेश थापाको यो गीत पाँच महिनामै १०० मिलियन भ्युजमा पुगेको छ। गीतका सर्जक दुर्गेश थापालाई बधाई।”
थापाको शैली र प्रस्तुति युवामाझ निकै लोकप्रिय मानिन्छ। ‘दुश्मन हेरेको हेरै’ गीतले छोटो समयमा दर्शक–श्रोताको मन जित्न सफल भएको छ। युट्युबमा १० करोड भ्युज पाउने उनी नेपाली कलाकारमध्ये एक हुन्।