Search
Close this search box.
Search
Close this search box.

देउवा गए, प्रचण्ड गएनन्, माधव नेपाललाई निम्तो नै छैन

चितवन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनमा शुभकामना दिन प्रधानमन्त्री शेरबहादुर देउवा चितवन पुगेका छन् । शुक्रबार मध्यान्न हुँदै गरेको उद्घाटन शमारोहका लागि देउवा चितवन पुगेका हुन्। उनले उद्घाटन समारोहमा नेपाली कांग्रेस पार्टी सभापति एवं प्रधानमन्त्रीको रुपमा सम्बोधन गर्ने कार्यक्रम छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने महाधिवेशनमा सहभागी नहुने भएका छन्। आफ्नै चुनावी क्षेत्रमा महाधिवेशन गरेर आफुलाई चुनाव हराउने योजना बनाएको भन्दै उनले केहिदिन अघि आक्रोश पोखेका थिए।

EPIC EPIC EPIC

जसपाका अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुर, राप्रपा अध्यक्ष कमल थापा, राजमोबाट चित्रबहादुर केसी लगायतका नेताहरु सहभागी हुनेक्रम जारी छ। उनीरुमध्ये अधिकांश नेताहरु बिहीबारै चितवन पुगिसकेका छन्।

यता माधव नेपालको पार्टी नेकपा समाजवादीलाई भने एमालेले निम्तो नै गरेको छैन।”अवैध पार्टी” भन्दै उनको दललाई निम्तो नगरेको एमाले नेता योगेश भट्टराईले बताउदै आएका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *