Search
Close this search box.
Search
Close this search box.

देउसी खेलिरहेको समूहलाई बसले ठक्कर दिँदा २ जनाको मृत्यु ५ घाइते

देउसी खेलिरहेको समूहलाई बसले ठक्कर

हेटौडा । हेटौडा उपमहानगरपालिका–१९ नेवारपानीमा देउसी खेलिरहेको समूहलाई बसले ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत हेटौडाबाट नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश ०३ ००१ ख ०९३६ नम्बरको बस अनियन्त्रित भएर शनिबार राति ११ बजे स्थानीय एक घरको आँगनमा देउसी खेलिरहेको समूहलाई ठक्कर दिएको थियो ।

EPIC EPIC EPIC

सो दुर्घटनामा हेटौंडा–१५ का करिब २० वर्षीय सुजन विष्ट र चितवन घर भएका ३४ वर्षीय प्रेमबहादुर सिंह घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रवक्ता डिएसपी जयश्वर रिमालले जानकारी दिए।

घाइते हुनेमा हेटौंडा–१९ का १६ वर्षीय संगम नेपाली, १० वर्षीया निष्ठा मोक्तान, ३५ वर्षीया तुलशा विष्ट, ३५ वर्षीया लक्ष्मी गुरुङ र ४७ वर्षीय टंकप्रसाद डल्लाकोटी रहेका छन्। घाइतेमध्ये दुईजनालाई थप उपचारका लागि चितवन रिफर गरिएको छ भने बाँकीको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ।

ठक्कर दिने बसमा स्थानीयले आगजनी गरेका छन्। आगजनीले बस पूर्ण रूपमा जलेको छ।

फोटो: फेसबुकबाट

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *