देशभर वर्षाको सम्भावना, पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी

कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा सम्भावित, दक्षिण–पश्चिम दिशामा प्रणाली फैलिँदै

काठमाडौं। हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको आसपासका क्षेत्रमा मौसमी प्रणाली विकसित भई मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। उक्त प्रणाली क्रमशः देशको दक्षिण–पश्चिम दिशा तर्फ फैलिँदै गइरहेकोले प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भू–भागका धेरै स्थानहरूमा तथा बाँकी भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यसमध्ये कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा हुने जोखिम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै, उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा वा हिमपातको सम्भावनासमेत रहेको छ।

EPIC EPIC EPIC EPIC EPIC

आज राति पनि देशभर सामान्य बदली रहनेछ। विशेष गरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा अन्य प्रदेशका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सोही प्रदेशका थोरै स्थानहरूमा भारी वर्षा पनि हुन सक्ने अनुमान गरिएको छ। यसबाहेक, उच्च पहाडी तथा हिमाली क्षेत्रमा रातिको समयमा पनि वर्षा वा हिमपातको सम्भावना यथावत् रहने देखिन्छ।

मौसमी विश्लेषण अनुसार, हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय छ। मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा अलि उत्तरतर्फ सरेकोले वर्षा गराउने प्रणालीहरू अझ व्यापक बन्दै गएका छन्। यस्तो अवस्थामा नदी किनार, पहिरो सम्भावित स्थान र जोखिमयुक्त भू–भागमा विशेष सतर्कता अपनाउन विज्ञहरूले सुझाव दिएका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *