पालिका सन्देश झापा क्षेत्र नम्बर १का प्रतिनिधि सभा उम्मेदवार बिश्वप्रकाश शर्माले भुमिहिनहरुलाई मालपोतको भार परेको भन्दै त्यस्लाई सरल बनाएर छाड्ने प्रतिबद्धता गरेका छन्।
क्षेत्र नम्बर १को शान्तिनगरमा सोमबार गठबन्धनको चुनावी कार्यलय उद्घाटन र अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै शर्माले भुमिहिनलाई जग्गा ब्यवस्थापनको कार्यलाई काङ्ग्रेस सरकारले तिब्रता दिएको उल्लेख गरे।
उनले भने, ” बुद्धशान्तिका भुमिहिनहरुलाई धनिपुर्जा प्रदान गर्ने कुरामा स्थानीय देखी केन्द्रिय तहसम्म काङ्ग्रेस पार्टी जुटेको छ,तर धनिपुर्जा पाउन चर्को मालपोत बुझाउनु पर्ने समस्या अगाडि आएकाले धनिपुर्जा पाउन सकिरहेका छैनन् अब त्यसको समाधान पनि काङ्ग्रेसले नै गर्नेछ।”
बुद्धशान्तिका ५० अव्यवस्थित बसोबासीहरुले धनिपुर्जा पाइसकेका छन् भने ५ हजार बढि प्रक्रियामा छन् तर चर्को मालपोतका कारण बाहिरी जग्गा खरिद गर्न भन्दा मालपोत तिर्न महङ्गो परेको गुनासो आइरहेको छ।
कार्यक्रममा बोल्दै शर्माले यसपटक आफुले चुनाव जित्नेमा ढुक्क भएको बताए।
प्रतिस्पर्धि पार्टी एमालेकै नारा बमोजिम “आफ्नो गाउँ आफैं बनाउ” मुताविक आफ्नो उम्मेदवारी रहेकाले आफुले जित्ने जिकिर गरे।
“म मेरो गाउँलाई बनाउन लागिपरे जस्तै सबै जना आफ्नो गाउँ बनाउन लागे कति सुन्दर हुनेथियो” एमाले-राप्रपा गठबन्धन उम्मेदवार अग्नि खरेल तर्फ लक्षित गर्दै शर्माले भने।
गठबन्धनका माओवादी तर्फका प्रदेश सभाका उम्मेदवार श्यामबिर लिम्बुले यसअघि बाम गठबन्धनमा धोका भएकाले प्रजातान्त्रिक गठबन्धन रोजेको बताए।
“जनताले हामीलाई यसअघि ५ बर्षको कार्यभार सुम्पिएर पठाएको भएपनि केपि ओलिको बदमासीले पुरा हुन सकेन,यसपटक जनताको बिश्वासलाई तोड्न दिने छैनौं” लिम्बुले भने।