नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ

काठमाठौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार थप एक जना पक्राउ परेका छन् । शुक्रबार जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले फरार रहेका बेचन झालाई पक्राउ गरेको परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।

पक्राउ परेका झामाथि बिचौलियालाई गृहमन्त्री, सचिव लगायतसँग भेट गराई दिन मध्यस्थकर्ताको रूपमा भूमिका खेलेको आरोप छ । परिसरले गरेको पहिलो चरणको अनुसन्धानमा उनी पक्राउ परेका थिएनन् ।

EPIC EPIC EPIC

शरणार्थीको कोटामा अमेरिका पठाउन खोज्नेहरूबाट बेचन झाले दुई करोडको चेक बुझेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । उनले टोखा नगरपालिका–६ स्थित धापासी घर भएका रामशरण केसीसँग दुई करोडको चेक लिएका हुन् । भुटानी शरणार्थी प्रकरणको योजनाकार मध्येका सानु भण्डारीले भनेर आफ्नो नाममा रहेको हिमालयन बैंकको दुई करोडको चेक झालाई दिएको रामशरणले बयानमा खुलाएका छन् । केसीका अनुसार २०७८ मंसिर ८ मा नयाँ बानेश्वरस्थित ह्वाइट हाउस कलेज अगाडि झाले चेक बुझेका हुन् ।

मन्त्रिपरिषद्बाट गिरोहले भनेअनुसार भुटानी शरणार्थीसम्बन्धी ‘निर्णय गराउन’ बेचनले चेक लिएको अनुसन्धान अधिकृतहरू बताउँछन् । प्रहरीसँगको बयानमा रामशरण केसीले भनेका छन्, ‘२०७८ मङ्सिर १३ मा बसेको मन्त्रिपरिषद्बाट भुटानी शरणार्थी सम्बन्धी निर्णय गराउन बेचन झाले रकम मागेको भनेर सानु भण्डारीले भनेपछि हिमालयमा बैंकमा रहेको खाताबाट बेचन झाको नाममा २ करोडको चेक काटेर दिएको हुँ ।’

रामशरणले उनलाई बुझाएको चेकको फोटो खिचेर उनका साथी प्रेमराज पन्थीलाई पठाएको बताएका छन् । बयानमा उनले भनेका छन्, ‘चेक दिएको भिडियो पनि बनाएको थिएँ ।’ तर, झा त्यसपछि शरणार्थी प्रकरणको कुनै पनि घटनामा देखिएका छैनन् ।

मन्त्रिपरिषद्बाटै बेचन झाले निर्णयहरू गराउन सक्छन्, त्यसपछि अमेरिका तथा तेस्रो मुलुकमा नेपालीलाई पठाउन सजिलो हुने कुरा सानु भण्डारीले रामशरण केसीलाई भनेको अनुसन्धानबाट थाहा भएको छ । तर, झाले चेक बुझेर पनि कुनै निर्णय गराउन सकेनन् । चेक लिएसँगै उनी शरणार्थी प्रकरणको दृश्य बाहिर थिए । शुक्रबार नै परिसरको टोलीले पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीकलाई काठमाडौं बौद्धबाट पक्राउ गरेको थियो । उनीहरु दुवै जनाविरुद्ध आइतबार म्याद थप गर्ने प्रहरीको तयारी छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च