-महेन्द्र कुमार थापा
बहु प्रतिक्षित, बहु चर्चित र संसयको गर्भमा हुर्कि राखेको एम सिसी, नेपालको परिपेक्षमा किलकिलेमा अड्किएको हड्डि जस्तै भएको छ।
हाम्रो जस्तो अल्प बिकसित, ब्याप्त गरिवी र भ्रष्टचारले गाँजेको मुलुकमा कुनै न कुनै रुपमा बिश्व शक्ति राष्ट्रहरुको आफ्नो स्वार्थ सिद्विको लागि गिद्वे दृष्टि रहि रहनथ्यो, रहि रहको छ र अविछिन्न रुपमा रहि रहने पनि छ।
हामीले हाम्रो मुलुक र राष्ट्रलाई जब सम्म आफ्नो आमा सरह मायाँ गर्दैनौ र मातृ ऋणको दायित्व बोध गर्दैनौ तब सम्म यस्ता किसिमका कथित राष्ट्रघाति परियोजना र सम्झौताहरुले मुलुकमा प्रवेश र प्रशय पाईनै रहनेछन् त्यसमा दुईमत छैन।
बढ्दो बिश्व भुमण्डिलिकरण, हाम्रो भौगोलिक अवस्थिति, बदलिंदो बिश्व ध्रुविकरण, शक्ति राष्ट्रहरुको स्वार्थ, शक्ति संघर्ष र एक्कईसौ शताब्दीको बिश्व अर्थ राजनितिलाई बिश्लेशण गर्दै हाम्रो मुलुक सुहाउँदो अर्थ राजनिति, भु राजनिति र परराष्ट्र नितिहरु अगाल्नुको बिकल्प छैन।
आजको बिश्वमा बाकी बिश्वसंग हामी जुनसुकै रुपमा पनि जोडिएकै हुन्छौ र हुनु पनि पर्छ, हामी कुनै पनि हालतमा निरप्रेक्ष्य रहन सक्दैनौ र मिल्दैन पनि। आज एम सि सि का पक्ष वा बिपक्षमा मुलुक जसरि बिभाजित भएको छ यो शुखद् घटना हुँदै होईन।
यस्तो संगिन घडिमा मुलुक, नागरिक, नागरिक समाज, दल र सरकार एक ढिक्का हुनु पर्छ। प्रशस्त रुपमा बस्तुपुरक, यथार्थ परक ढंगले मुलुकको अल्पकालिन र दीर्घकालिन स्वार्थ लाई ध्यानमा राखेर बिज्ञहरु बिच बहश, छलफल र साक्षातकार गरेर मात्र सहि निष्कर्षमा पुगिन्छ।हामि यहीँ चुक्छौं र पटक पटक पक्ष र बिपक्षमा भावना बग्छौ जुन कालन्तरमा घातक सिद्व हुन्छ।
खै अहिले सम्म औपचारिक रुपमा बहस र छलफल गरेको? खै बिज्ञहरु सम्मिलित कार्यदल बनाएको? खै यसको बारेमा अल्पकालिन एवं दिर्घकालिन महत्त्व र असरहरुको बारेमा बिश्लेष्णात्मक अध्ययन, अनुसन्धान र कार्यशाला गोष्ठि भएको? खै हाम्रा देशका महान नेताहरु भनौदाले अध्ययन कार्यदल मार्फत बिज्ञप्ति जारि गरेको?
सबै दल, नेता, कार्यकर्ता, नागरिक, बुद्विजिबि, नागरिक समाज कोहि बुझेर, कोहि अनुमानका भरमा वा एक थान संझौता पत्र त्यो पनि कति बुझेर वा नबुझेर भावनात्मक रुपमा पक्ष वा बिपक्षमा अभिब्यक्ति दिई रहेका छन् ।
यहाँनिर राज्यको दायित्व बन्छ आफ्ना नागरिकलाई यथोचित, बिस्लेषणात्मक, संतुलित र दुरगामी प्रभावका बारेमा सुसुचित गर्दै राष्ट्रिय महत्वका बिषयमा ऐक्यबद्व बनाउने तर बिडम्बना राज्य त्यसमा यो वा त्यो बहाना वा स्वार्थले गर्दा दायित्व बाट पन्छि राखेको छ। यसरि हामी सबै नागरिक समाज, बुद्विजिबि र नागरिक हरु एकागिं हिसाबले राष्ट्रिय महत्वको बिषयमा पक्ष बिपक्षमा उभिदाँ अन्तत्वगोत्वा ”तावा को माछो भुङ्ग्रोमा” हुने त होईन ।
हो हामी बीर गोर्खाली हौँ, हामि कसैको हस्तक्षेप सहँदैनौ, हामी स्वभिमानि छौँ, तर प्रश्न हाम्रा नेताहरुलाई गरौं, के तिमीहरु पनि बिर छौ? कसै संग झुक्तैनौ? स्वभिमानी छौँ? राष्ट्रबादि छौँ? यदि छौँ भने एम सि सि बारे राष्ट्रिय स्तरमा बहश छलफल गरौं, तथ्य र प्रमाणका आधारमा बिज्ञहरुको राय सल्लाह र सुझावको आधारमा यसलाई निरुपण गरौं।
तमाम राष्ट्रबादि नागरिक, दल र नागरिक समाजलाई हार्दिक नमन गर्न चहान्छु यहाँहरुको राष्ट्रभक्ति प्रति।आखिर देशलाई अप्ठ्यारो पर्दा ढिडो रोटो खाने, फाटेका लुगै लगाउने र गरिब र अशिक्षित नै किन नहुन यो देशका सचेत नागरिक नै बोल्न पर्ने रहेछ, उठ्नु पर्ने रहेछ, जुट्नु पर्ने रहेछ।
एम सि सि खारेज गर्नु /नगर्नु ठुलो कुरा होईन तर यसलाई सहि ढंग बाट ब्याख्या र बिश्लेशण गर्दै स्वाधिन, अखण्ड र सार्वभौम देश र मुलुकको हितमा छ कि छैन त्यसको आधारमा अर्कै ध्रुबमा रहेको मित्र राष्ट्र अमेरिका समक्ष समानुभुति र सह अस्तित्वका साथ सौहार्दता संग बिषयको निरुपण गर्नु चाहिं सहि कुटनिति र राष्ट्र हित हुनेछ।यसरि गरिएको कुटनितिक प्रयासले मात्र हाम्रो अन्तराष्ट्रिय छवि र भातृत्वको हित गर्छ।
तपाई हामि सबैको जय होस्, नेपालको जय होस् ।
थापा विवेकशील साझा पार्टी प्रदेश १ का संयोजक हुन् ।