Search
Close this search box.
Search
Close this search box.

नगर प्रहरीकाे ‘बर्बरता :  अचेत बनाएर साँढेलाई फालियो खोलामा

जनकपुरधाम। धनुषाको जनकपुरधाम उपमहानगरपालिका नगर प्रहरीले साँढेलाई अचेत बनाएर ‘बर्बरतापूर्वक’ खोलामा फालेको घटना बाहिरिएको छ । सहरी क्षेत्रका साँढेलाई रातको समयमा नियन्त्रणमा लिएर नगर प्रहरीले उपमहानगर बाहिरका खोलामा फाल्ने गरेको सार्वजनिक भएको हो ।

साँढेलाई नियन्त्रणमा लिएर बेहोस हुने सुई लगाई टिपरमा राखेर खोल्सामा फाल्ने गरिएको स्थानीयले जानकारी दिएका छन् । आइतबार बिहान धनुषाको मिथिला नगरपालिका–२ नक्टाझिजस्थित बसही खोलाको किनारमा दुई वटा घाइते र एउटा मृत अवस्थामा साँढे फेला परेका थिए ।

EPIC EPIC EPIC

जनकपुरधाममा लोड गरिँदै गरेको र नक्टाझिझमा फेला परेका साँढे एकै रहेको सिसिटिभी फुटेजमा देखिएको छ । स्थानीय बासिन्दाले इलाका प्रहरी कार्यालय महेन्द्रनगर र मिथिला नगरपालिकाको पशु विकास शाखालाई तीन वटा साँढे रहेको भन्दै खबर गरेका थिए । पशु विकास  शाखाका चिकित्सकले अचेत साँढेको उपचार गरेका थिए। शुक्रबार क्षिरेश्वरनाथ नगरपालिका–७ स्थित जलाद खोलामा अचेत अवस्थामा दुई साँढे फेला परेको थियो ।

त्यो साँढे पनि जनकपुरबाटै टिपरमा लगेर फालेको हुन सक्ने स्थानीय र प्रहरीले आशंका गरेका छन् । शनिबार मध्यराति टिपरमा लोड गरी साँढे फाल्न गएको भिडियो विभिन्न सिसिटिभी क्यामेरामा कैद भएको जानकारी दिंदै इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक सोनुकुमार साहले भने, ‘अहिलेसम्म कुनै पनि सिसिटिभीमा गाडीको नम्बर बुझिरहेको छैन, यस्तो काम कसले गरेको हो हामी खोज्दैछौं ।’

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *