बुधबारे । नबोल्ने बा स्मृति प्रतिष्ठानले बुद्धशान्ति गाउँपालिकालाई लङ रेन्ज एल इ डि टर्च लाईट हस्तान्तरण गरेको छ।
गाउँपालिकामा आयोजित एक कार्यक्रमका बिच प्रतिष्ठानका सुरेश खतिवडाले टर्च लाइट हस्तान्तरण गरेका हुन्।
खतिवडाले स्वर्गीय लोकनाथ खतिवडा अर्थात ‘नबोल्ने बा’ले झापाको उत्तरी भेगमा रहि कृषी क्षेत्रमा पुर्याएको योगदानको स्मरण गराउदै प्रतिष्ठानले संचालन गर्दै आएको कार्यक्रम बारे स्पष्ट पारेका थिए।
पछिल्लो समय बुद्धशान्तिका विभिन्न क्षेत्रमा हात्ती आतंक बढेकाले बिपन्न परिवारसम्म टर्च लाइट पुगोस् भन्दै सहयोग गरिएको प्रतिष्ठानका सदस्य सुदर्शन खतिवडाले जानकारी दिए।
‘नबोल्ने बा प्रतिष्ठानले कृषी,स्वास्थ्य,जेष्ठ नागरिक र शिक्षाका क्षेत्रमा विभिन्न गतिविधिहरु संचालन गर्छ, र यसपटक हामिले हात्ती पिडित कृषकलाई सम्झिएका हौँ ‘उनले भने।
प्रतिष्ठानद्वारा संचालित सामाजिक गतिविधिको प्रशंसा गर्दै बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईंले गाउँपालिकाको तर्फबाट धन्यवाद दिएका थिए। उनले गाउँपालिका र सहयोगी सँस्थाहरुबिच परस्पर सहयोग चलिरहेने बिश्वास समेत ब्यक्त गरेका थिए।
उनले नबोल्ने बा प्रतिष्ठानले यसअघि कोभिड र अन्य बिभिन्न समयमा गरेको सहयोगको प्रशंसा गर्दै निरन्तरता दिन अनुरोध गरेका थिए। कार्यक्रममा बुद्धशान्ति गाउँपालिका अध्यक्ष,उपाध्यक्ष, जनप्रतिनिधिहरु, बिभिन्न राजनीतिक दलका प्रतिनिधि, संचारकर्मी लगायतको उपस्थिति थियो।