नारायणगढ–मुग्लिन सडकमा पहिरो: ६५ यात्रु सवार दुई बस त्रिशुलीमा खस्यो

फाइल फोटो

चितवन। ६५ यात्रुसहितको दुई वटा बस पहिरोसँगै त्रिशुलीमा खसेको छ । नारायणगढ–मुग्लिन सडक अन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा दुई वटा यात्रुबहाक बस त्रिशुली नदीमा खसेका छन् । शुक्रबार बिहान ३ः३० बजे बजे त्रिशुलीमा खसेको प्रहरीले जनाएको छ ।

लेदोसहितको पहिरोले काठमाडौँ–वीरगञ्ज र काठमाडौँ–गौर चल्ने यात्रुबहाक बस बगाएको प्रारम्भिक विवरण प्राप्त भएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले दैनिकीलाई जानकारी दिए ।

EPIC EPIC EPIC

प्रमुख जिल्ला अधिकारी यादवका अनुसार काठमाडौँ–वीरगञ्ज चल्ने बसमा २४ जना र काठमाडौँ–गौर चल्ने बसमा ४१ जना यात्रु सवार रहेको बुझिएको छ ।

यात्रुहरुको उद्धारका लागि चितवन प्रहरी प्रमुख भावेष रिमालको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगी उद्धारको काम गरिरहेको चितवन प्रहरीका प्रवक्ता भेषराज रिजालले बताएका छन । अहिले प्रमुख जिल्ला अधिकारी यादवसहितको टोली पनि घटनास्थलमा पुगिसकेका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च