Search
Close this search box.
Search
Close this search box.

नारी दिवस विषेशः भान्साको सीपबाट आम्दानी

Binita_Poudel

पालिका सन्देश । सानैदेखी केहि गरौँ भन्ने हुटहुटी लिने विनिता पौडेल यतिबेला अचार बनाउन ब्यस्त छिन् । डिमाण्ड र सिजन हेरी कमाई पनि राम्रै हुन्छ तर हरपल उनलाई एउटै प्रश्नले दिक्क लगाउँछ, ‘तपाईंले पनि अचार बनाएर बेच्नुपर्छ र ?’ विनिता बुद्धशान्ति गाउँपालिकाका पुर्व अध्यक्ष रमेशकुमार भुजेलकी श्रीमती हुन् तर उनी आफ्नै अलग पहिचान बनाउन मेहनत गरिरहेकी छिन् ।

लकडाउन अघि उनी जग्गा सम्बन्धी कारोबार गर्थिन् । कोरोनाले घर–जग्गाको कारोवार ठप्पप्राय भयो । लकडाउनका समयमा काठमाडौमा रहेका आफन्त र साथीहरुले अकबरे खुर्सानीको माग गरेपछि उनले पहिलोपटक ५ किलो खुर्सानीको अचार बनाइन । उनले त्यति बेलै थाहा पाइन् की आफ्नो सोखले त आय आर्जन गर्न पनि सजिलो हुने रहेछ । त्यही ५ किलो अचारबाट उनको उद्यमशीलताको शुरूवात भयो ।

EPIC EPIC EPIC

अहिले महिनामा औषत १२ देखी १५ सय बट्टा अचार उत्पादन गरिरहेकी विनिताले तालिम भने लिएकी छैनन् । मात्रा मिलाउन भने उनले शनिश्चरेको अचार उद्योगमा सिकेकी हुन् । उनले आफ्नो अचार उत्पादनलाई घरेलु उद्योगको रुपमा दर्ता गरेकी छिन् । अचारका लागि आवश्यक कच्चा पदार्थको जोहो गर्नेदेखि बजारसम्म पुर्याउन विनिता आफै लाग्छिन् । अहिले उनले बनाएको बि एण्ड बि अचार पूर्वी जिल्लाका अधिकांश होलसेल पसल तथा मार्टमा भेटिन्छन् । काठमाडौ, पोखरा र बिदेशसम्म अचार पठाउने विनितालाई अचारको प्याकेजिङमा भने अलि समस्या छ ।

भान्छासम्म पुर्याउन अचारलाई व्यबस्थित रुपमा प्याक गर्नुपर्ने हुन्छ तर नेपालमा त्यस्ता मेसिनहरु महगो हुँदा भनेजसरी व्यबसाय गर्न नसकिएको उनको भनाई छ । आत्मनिर्भर बन्न अचार उद्योग एउटा सजिलो उपाय हो तर मिहिनेत गर्न सक्नुपर्यो उनी भन्छिन् । ‘समस्या त हरेक क्षेत्रमा छन् नि अरु त अरु काम गरेकोमा पनि धेरैले समस्या देखाउछन, किन काम गर्नुपर्यो ? भन्छन्’ उनले गुनासो गरिन् । मनोरोगी भएर घरमा बस्नु भन्दा केही काम गर्नपाए शरीर पनि फुर्तिलो हुने र दुईचार पैसा पनि हात लाग्ने विनिता बताउछिन् ।

अहिले उनको उद्योगमा आँप, अमला, लसुन, अदुवा, मुला, खुर्सानी, अकबरे–खुर्सानी, अकबरे–तामा, मिक्स, कागती दाना, मेथी, करेला लगायतका विभिन्न स्वादका अचार छन् । उद्योगका लागि आवश्यक अकबरे खुर्सानी, कागती, बाँसको तामा, टिमुर, लसुन, करेलालगायतका सामान शान्तिनगर, इलाम र स्थानीय बुधबारे बजारबाट ल्याउने गरेको उनले बताइन् । उनका अनुसार ग्राहकको मुख्य रोजाइ मिक्स अचार हुने गरेको छ । आधा किलोसम्मको मिक्स अचारलाई रु १ सय ५० पर्ने गरेको छ । सबैभन्दा बढी मूल्यको अचार अकबरे खुर्सानीको छ । चार सय ग्रामसम्मको अकबरे खुर्सानीको मूल्य रु. दुई सय ५० सम्म पर्छ । यसरी घरमा रहरले गर्ने गरेको कामले उनलाई उद्यमी बनाएको छ । तर बारम्बार प्रश्न गरिरहने मानिसहरु अहिले पनि प्रश्न गरिरहन्छन् । ‘तपाईंले पनि अचार बेच्ने हो त ?’

मिति २०७९ फाल्गुन २४ बुधबार, पालिका सन्देश साप्तिाहकमा प्रकाशित

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *