काठमाडौँ/ सरकारले नेपालमा पाइलट उत्पादन गर्न पाइलट स्कुल खोल्न दुई कम्पनीलाई अनुमति दिएको छ । श्री शुभम् एभिएसन प्रा। लि र श्री चन्द्र सूर्य एभिएसन प्रा। लिलाई अनुमति दिएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले कार्यविधिमा आवश्यक संशोधन गर्दै नेपालमा पाइलट उत्पादन गर्न अनुमति दिएको बताएका छन् ।
‘वर्षौदेखि मन्त्रालयमा रोकिएका कम्पनीलाई अनुमति प्रदान गरिएको छ,’ उनले भनेका छन्,’ प्रक्रिया पूरा गरी आउने संस्थालाई नियमानुसार थप इजाजत प्रदान गरिन्छ ।’



















