नेपालले किनेको १० लाख डोज कोरोना खोप अप्रिल पहिलो साता आउने

काठमाडौं । भारत सरकारले कोरोना खोप विदेश निर्यात गरिसके पनि नेपालले खरिद गरेको थप १० लाख डोज खोपलाई भने असर नपर्ने भएको छ ।

नेपालले भारतको सेरम इन्ष्टिच्युटलाई पैसा तिरिसकेको १० लाख डोज खोप ल्याउन बाँकी छ । उक्त खोप अप्रिल महिनाको पहिलो सातासम्म आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरुले बताएका छन् । पछिल्लो छलफलमा सेरम इन्ष्टिच्युटले अप्रिलको पहिलो सातासम्म खोप पठाउने जानकारी दिएको मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

EPIC EPIC EPIC EPIC

‘हामीले खरिद गरेको खोप पठाउन ढिलो गरेपछि हामीले निरन्तर फलोअप गरेका थियौ’ स्वास्थ्य मन्त्रालयका ती अधिकारीले भने, ‘उनीहरुले खोप अप्रिलको पहिलो साताभित्रमा पठाउने बताएका छन् ।’

गत ५ फागुनमा नेपालले भारतको सेरम इन्ष्टिच्युटसँग प्रतिडोज ४ डलरको दरमा अग्रिम भुक्तानी गरी २० लाख डोज खोप खरिद सम्झौता गरेको थियो । त्यसमध्ये १० लाख डोज केही दिनमै नेपाल आइपुग्यो भने बाँकी १० डोज चैत ४ गतेसम्म पठाउने सहमति थियो ।

तर सहमतिअनुसार चैत ४ मा खोप नआएपछि नेपालले खोप अभियान नै स्थगित गरेको छ ।

भारतमा पछिल्लो समय कोरोना संक्रमण तीव्र गतिमा बढ्दै गएकाले खोप निर्यातमा प्रतिबन्ध लगाएको छ । तर, नेपालले अगाडि नै रकम भुक्तानी गरिसकेकाले १० लाख डोज खोप आउने मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

चीन सरकारले दिएको सिनोफार्म कम्पनीको ८ लाख डोज खोप यही सोमबार नेपाल आइपुग्दैछ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *