नेपाली कांग्रेसको समानुपातिक सूचीमा ‘खिचलो’: खसआर्य कोटामा सहमति नजुट्दा ढिलाइ

काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फको बन्दसूची बुझाउन तोकेको समयसीमा घर्किँदै जाँदा प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद छताछुल्ल भएको छ। पार्टीभित्र खासगरी खसआर्य समूहका महिला उमेदवारहरूको नाममा कुरा नमिल्दा आज बिहान साढे ८ बजेसम्म पनि कांग्रेसले आफ्नो अन्तिम नामावली आयोगमा बुझाउन सकेको छैन। बन्दसूची तयार पार्न शीर्ष नेताहरू रातभर छलफलमा जुटे पनि प्रभावशाली गुटहरूले आ-आफ्नो अडान नछोड्दा अन्तिम निर्णय हुन नसकेको हो।

पार्टी स्रोतका अनुसार खसआर्यतर्फका तीन जना महिला उमेदवारको नामलाई लिएर नेतृत्व तहमा तीव्र मतभेद देखिएको छ। ती तीनै जना उमेदवार राजनीतिक रूपमा अनुभवी र प्रभावशाली भएकाले कसको नाम समावेश गर्ने र कसको हटाउने भन्नेमा सभापति शेरबहादुर देउवा लगायतका पदाधिकारीहरूलाई सकस परेको छ। “नेताहरूले आ–आफ्नो दाबी पेस गर्नुभएको छ र तीनै जना उमेदवार बन्न उत्तिकै योग्य हुनुहुन्छ,” स्रोतले भन्यो, “सबैको व्यवस्थापन चुनौतीपूर्ण बनेकाले सूचीलाई अन्तिम रूप दिन कठिन भएको हो।”

EPIC EPIC EPIC

आन्तरिक कलहका कारण निर्वाचन आयोगमा सूची दर्ता गर्ने प्रक्रिया समेत प्रभावित भएको छ। आयोगले दलहरूलाई समयमै सूची बुझाउन ताकेता गरिरहेको भए पनि कांग्रेसभित्रको यो विवादले पार्टीको आन्तरिक गुटबन्दी र भागबन्डाको राजनीतिलाई फेरि एकपटक सतहमा ल्याइदिएको छ। अहिले पनि शीर्ष नेताहरू विवाद सुल्झाउन विभिन्न चरणमा छलफल गरिरहेका छन् र सहमति जुट्ने बित्तिकै सूची आयोगमा पठाउने तयारी गरिएको बताइएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च