बुद्धशान्ति / नेपाल रेडक्रस सोसाइटी बुद्धशान्ति उपशाखाले आफ्नो तेइसौँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

संस्थाका सभापति पुष्पराज भट्टराईको सभापतित्वमा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईँको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मन्त्री चन्द्रप्रसाद चुडालको विशेष आतिथ्य, बुद्धशान्ति गाउँपालिका वडा नं ३ वडाध्यक्ष पर्शुराम चेम्जोङ, वडा नं ५ वडाध्यक्ष डेगेन्द्र कार्की बुद्धशान्ति उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्र प्रसाद उप्रेती, बुधबारे जेसिजका अध्यक्ष अर्जुन ढकाल, छिमेकी उपशाखाका अध्यक्ष, समाजसेवी, बुद्धिजीवी लगायत सञ्चारकर्मीको आतिथ्य रहेको थियो ।
संस्थाका सहसचिव दुर्योधन देव सिंहले सञ्चालन गरेको कार्यक्रममा यशस्कर सदस्य तथा पूर्व सभापति तर्फ केशव अधिकारी, मरणोपरान्त सम्मान तर्फ स्वर्गीय खडानन्द वाग्लेको सम्मान उहाँका छोरा प्रदिप वाग्ले, उत्कृष्ट युवा जुरेस सर्कल तर्फ बुद्ध आदर्श माविलाई सम्मान गरिएको थियो ।
संस्थाकी उपाध्यक्ष गीत ढुङ्गानाले स्वागत मन्तव्य राखेको कार्यक्रममा प्रमुख अतिथि मनोज प्रसाईँ, विशेष अतिथि चन्द्र चुडाल, नेरेसो खुदुनाबारीका सभापति मुकुन्द भण्डारी, वाणिज्य संघ अध्यक्ष चन्द्र उप्रेती, ३ नं वडाध्यक्ष पर्शुराम चेम्जोङ, पूर्व सभापति तथा सम्मानित व्यक्तित्व केशव अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कोषाध्यक्ष देवेन्द्र निरौलाले आर्थिक प्रतिवेदन वाचन गरेका थिए भने संस्थाका सचिव जित बहादुर श्रेष्ठले प्रगति प्रतिवेदन वाचन गरेका थिए ।