कचनकवल। नेपाल विद्यार्थी संघ (नेविसंघ) कचनकवल गाउँ कार्य समितिद्वारा आयोजित स्वागत तथा सम्मान–प्रमाणपत्र वितरण कार्यक्रम शनिबार सम्पन्न भएको छ।
कार्यक्रममा नेविसंघबाट हालै नवगठित कार्यसमितिका सदस्यहरूलाई सम्मानस्वरूप प्रमाणपत्र वितरण गरिएको हो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि भुमि प्रसाद राजबंशी सहभागी हुनुहुन्थ्यो भने कार्यक्रमको अध्यक्षता कचनकवल गाउँ कार्य समितिका अध्यक्ष आशिष वाग्लेले गर्नुभयो।
विशेष अतिथिका रूपमा नेका जिल्ला सह–सचिव कालेन्द्र प्रसाद राजबंशी, केन्द्रीय सदस्य नारायण नेपाल, प्रदेश ‘क’ सभापति चिन्तनमणि खरेल, क्षेत्र नं. ३ का क्षेत्रीय सभापति गणेश पोखरेल, महिला सभापति सेलेतुन खातुन, नेविसंघ जिल्ला सभापति लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा वक्ताहरूले नेविसंघले विद्यार्थीका हक–हितका सवालमा निरन्तर क्रियाशील रहनु पर्ने, संगठनलाई थप सशक्त र जुझारु बनाउनु पर्ने आवश्यकता औंल्याए। उनीहरूले संगठनभित्रका युवाहरूले सिर्जनात्मक क्रियाकलापमा सक्रिय सहभागिता जनाउनु पर्ने कुरामा जोड दिएका थिए।
नवगठित ५१ सदस्यीय कार्यसमितिका सदस्यहरूलाई सम्मान–प्रमाणपत्र नेपाली कांग्रेसका नेताहरू भुमि प्रसाद राजबंशी, कालेन्द्र प्रसाद राजबंशी, चिन्तनमणि खरेल, सिताराम खड्का, सेलेतुन खातुन, गणेश पोखरेल लगायतले प्रदान गर्नुभएको थियो।