न्यू कञ्चन कृषि सहकारीको अध्यक्षमा पु:न इश्वरीराज ढकाल

बुद्धशान्ति । न्यू कञ्चन कृषि सहकारी संस्था लि बुद्धशान्ति -३ झापाको १५ औँ बार्षिक साधारणसभा सम्पन्न भएकोे छ । शुक्रबार सम्पन्न साधारण सभाले नयाँ सञ्चालक समिति समेत चयन गरेको छ । समितिको अध्यक्षमा पुन ईश्वरीराज ढकाल चयन भएका छन् ।

त्यस्तै उपाध्यक्षमा बिष्णुमाया दाहाल, सचिवमा जनार्दन खतिवडा, सह -सचिवमा राम प्रसाद घिमिरे, कोषाध्यक्षमा चन्द्रप्रसाद गौतम सर्वसम्मत चयन भएका छन् । चार बर्षे कार्यकालका लागि समितिको सदस्यमा ज्ञान बहादुर धिमाल, घनेन्द्र भुर्तेल, प्रदिप गुप्ता, देवीप्रसाद गौतम, समिता धिमाल र कृष्णकुमारी वाग्ले सर्वसम्मत चयन भएका छन् । लेखा समितिमा भने खेमराज कट्टेल संयोजक, कल्पना बराल र जगदीश ढुंगाना सदस्यमा चयन भएका छन् ।

EPIC EPIC EPIC EPIC EPIC

संस्थाका अध्यक्ष ईश्वरीराज ढकालको सभापतित्व तथा बुद्धशान्ति गाउँपालिका कृषि बिकास शाखाका प्रमुख अर्जुन पौडेलको प्रमुख आतिथ्यता, सिद्धेश्वर शिवालय मन्दिरका अध्यक्ष नारायण न्यौपानेको बिशिष्ट आतिथ्य रहेको थियो । कार्यक्रममा अध्यक्ष ढकालले प्रगति प्रतिवेदन पेश गरेका थिएभने लेखा समिति संयोजका दंगालले लेखा प्रतिवेदन पेश गरेका थिए ।

सोही अवसरमा वर्ष सम्मान समेत गरिएको थियो सम्मानित हुनेहरुमा गत बर्षको कक्षा १२ उत्र्तीण गर्ने सेयर सदस्यका छोराछेरीहरु अनुप धिमाल, कृतिका घिमिरेलाई सम्मान गरिएको थियो । त्यस्तै उत्कृष्ट कारोवार गर्ने सेयर सदस्य देवकुमारी सेनेहाङ दाहाल, उत्कृष्ट बचतकर्ता सदस्य गौरा पाठक, उत्कृष्ट महिला समूहमा प्रगतिशिल महिला बचत समूहलाई सम्मान गरिएको थियो । उनीहरुलाई नगद तथा सम्मान पत्रले सम्मान गरिएको संस्थाका व्यवस्थापक उत्तम धिमालले बताएका छन् ।

संस्थाका उपाध्यक्ष खेमराज कट्टेलले सवगत गरेको कार्यक्रमको सञ्चालन सचिव जनार्दन खतिवडाले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि पौडेल, बिशिष्ट अतिथि न्यौपाने र सहारा ज्येष्ठ नागरिक चौतारी बुद्धशान्त ३ का अध्यक्ष टीकाराम पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *