पत्रकार दिलभूषण पाठकविरुद्ध साइबर क्राइमको मुद्दा दर्ता

काठमाडाैँ । पत्रकार दिलभूषण पाठकविरुद्ध साइबर क्राइमको मुद्दा दर्ता भएको छ। जिल्ला अदालत काठमाडौँमा आज उनीविरुद्ध मुद्दा दर्ता भएको हो। नेपाल प्रहरीको साइबर ब्युरोले अनुसन्धान गरेपछि जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा अदालतमा लगेको हो।

पाठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवाका छोरा जयवीर देउवाको तारे होटल हिल्टनमा लगानी रहेको, अस्ट्रेलिया, क्यानडा, दुबईमा पनि लगानी रहेको दाबी गर्दै कार्यक्रम प्रशारण गरेका थिए। उक्त कार्यक्रम भिडिओ, स्कृनसर्ट कागजातहरू पनिसमेत अभियोग पत्रका साथ पेस गरिएको छ।

EPIC EPIC EPIC EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *