परम्परागत पेशा जोगाउन हल्दीबारीमा आरन व्यवसायीहरूसँग छलफल

झापा । हल्दीबारी गाउँपालिकामा लामो समयदेखि फलाम आरनसम्बन्धी व्यवसाय गर्दै आएका विश्वकर्मा समुदायका अग्रज व्यक्तित्वहरूसँग आज अन्तरक्रिया गरिएको छ।

गाउँपालिकाका पाँचवटै वडामा परम्परागत रूपमा सञ्चालन हुँदै आएका आरन व्यवसायको वर्तमान अवस्था, चुनौती र त्यसलाई थप सहज तथा प्रविधिमैत्री कसरी बनाउन सकिन्छ भन्ने विषयमा छलफल गरिएको हो। कोशी प्रदेश सरकारका सांसद माननीय गोपाल गजमेरको पहल र हल्दीबारी गाउँपालिकाको सहजीकरणमा पहिलो पटक आरन व्यवसायसम्बन्धी कार्यक्रम आयोजना गरिएको हो।

EPIC EPIC EPIC

छलफलमा सहभागी आरन व्यवसायीहरूले प्रदेश सरकारबाट विनियोजन गरिएको पाँच लाख रुपैयाँ बजेटमार्फत लागत साझेदारीमा आवश्यक सामग्री उपलब्ध गराउन माग गरेका छन्। उनीहरूले ग्रेडर मेसिन, बिजुलीबाट चल्ने आरन मेसिन, वेल्डिङ मेसिन, ड्रिल लगायत उपकरणको आवश्यकता औंल्याएका छन्।

कार्यक्रममा हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, वडा नम्बर २ का वडा अध्यक्ष शुकलाल राजवंशी, वडा नम्बर ४ का वडा अध्यक्ष सन्तकुमार थापा, कार्यपालिका सदस्य सुष्मा महरा लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष लिङदेनले परम्परागत पेशा संरक्षण गर्नुका साथै नयाँ पुस्तालाई समेत यो सीप हस्तान्तरण गर्नुपर्ने आवश्यकता औंल्याए। उनले समयअनुसार प्रविधिमैत्री बन्न सके मात्रै आरन व्यवसाय दीगो हुने बताए।

प्रदेश सांसद गोपाल गजमेरले आफू यही समुदाय र क्षेत्रबाट आएको उल्लेख गर्दै हालसम्म यस पेशाको संरक्षणमा पर्याप्त चासो नदेखिएको भन्दै आफू अग्रसर भएको बताए। उनले आगामी दिनमा पनि आरन व्यवसाय प्रवर्द्धनका लागि निरन्तर पहल गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रमको सहजीकरण योजना शाखा प्रमुख राजन न्यौपानेले गरेका थिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *