पश्चिमी वायुको आंशिक प्रभावले पहाड–हिमालमा बदली, तराईमा हुस्सु र कुहिरो


देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको र यतिबेला (आइतबार बिहान) देशको पहाडी र हिमाली भूभागमा आंशिक बदली रही तराई तथा उपत्यका क्षेत्रमा हुस्सु/कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाले आज बिहान ८ बजे जारी गरेको प्रक्षेपणअनुसार दिउँसो देशभर आंशिक बदली रहने छ भने तराई भूभागमा हुस्सु/कुहिरो लाग्ने सम्भावना छ।

EPIC EPIC EPIC

यस्तै राति पनि देशभर आंशिक बदली रहने छ र तराईमा हुस्सु/कुहिरो लाग्ने सम्भावना छ।

यसैबीच मौसम महाशाखाले तराईमा तापक्रम हल्का घट्ने तथा हुस्सु/कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा बिहानको समयमा आंशिक प्रभाव पर्न सक्ने भनी सतर्कता सूचना पनि जारी गरेको छ। 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *