Search
Close this search box.
Search
Close this search box.

पहुँचवालाले ट्राफिक जरिवाना तिर्न अटेर, पर्सामा १८ लाखभन्दा बढी राजस्व बक्यौता

वीरगञ्ज। सडकमा सवारी साधनका चालककले गल्ती गर्दा ट्राफिक प्रहरीले नियम अनुसार गर्ने जरिवाना स्वरुपको रकम पहुँचवालाले अटेर गरी नतिर्ने गरेको पाइएको छ ।

पर्सामा ट्राफिक प्रहरीले चालकहरुले गरेको गल्तीका कारणले जरिवाना गर्दै रसिद काटेपनि राजनितीकसँगै प्रशासनिक पहुँच भएका ब्यक्तिहरुले भने उक्त जरिवाना तिर्न अटेर गर्ने गरेको पाइएको छ ।

EPIC EPIC

गत आर्थिक वर्ष ०८०/८१ मा जिल्ला ट्राफिक प्रहरीले गरेको जरिवानाको साढे अठार लाखभन्दा बढी राजश्व रकम चालकहरुले तिरेका छैनन् । कार्यालयले दिएको तथ्यांक अनुसार गत आवमा कुल अठार लाख ८१ हजार ५०१ रुपैयाँ राजश्व बापतको रकम उठन बाँकी रहेको छ ।

गत आवमा कुल दुई करोड ९५ लाख ५५ हजार ९५५ रुपैयाँ जरिवाना गरेको थियो । जसमध्ये दुई करोड ७६ लाख ६१ हजार ९५४ रुपैयाँ जरिवाना बापतको राजश्व उठेको छ ।जसमध्ये अन्य खातामा १२ हजार ५ सय गएको ट्राफिक प्रहरीले जनाएको छ ।

सवारी साधनलाई कारवाही बापतको राजश्व रसिद काटेर उनीहरुको कागजातहरु नियन्त्रणमा लिएपनि समबन्धित ब्यक्तिले अटेर गरी राजश्व रकम नै नबुझाएका कारणले अठार लाखभन्दा बढी राजश्व उठन एक वर्षमा बाँकी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरिक्षक भाष्कर खतिवडाले जानकारी दिए ।

पहुँच भएका ब्यक्तिहरुले कारवाही स्वरुप काटिएको रसिदको रकम छुट हुने आश गरेर राजश्व रकम नै नतिर्ने गरेको उनले बताए ।

गत आवमा पर्सा ट्राफिक प्रहरीले एक सय ७६ वटा सवारी साधनलाई कारवाही गरी कुल २० लाख ८२ हजार ४३६ बराबरको राजश्व उठाएर यातायात कार्यालयलाई दिएको खतिवडा बताउँछन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *