पाँचपोखरी सामुदायिक वनको २७औं साधरणसभा

बुद्धशान्ति । पाँचपोखरी सामुदायिक वन उपभोक्ता समिति बुद्धशान्ति -५ को २७औं साधारणसभा निर्वाचनमा जाने गरी स्थगन भएको छ।

शनिवार सामुदायिक वनको कार्यालय परिसरमा पाँच पोखरी सामुदायिक वनका उपाध्यक्ष एवं कार्यवाहक अध्यक्ष झोमनाथ दाहालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष डेगेन्द्र कार्कीको प्रमुख आतिथ्यता रहेको थियो ।

EPIC EPIC EPIC

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ झापाका अध्यक्ष बेदप्रकाश भण्डारी,महासंघका बुद्धशान्ति अध्यक्ष खिम आङ्बो, मेची सव-डिभिजन वन कार्यलयका प्राविधिक कर्ण खाती, वडासदस्यहरु, स्थानीय संघ-सस्थाका प्रतिनिधि एवं उपभोक्ताको सहभागिता रहेको थियो।

कार्यक्रममा आर्थिक बर्ष २०७८/०७९ को बार्षिक प्रगति प्रतिवेदन लेखा संयोजक बिष्णुप्रसाद न्यौपानेले पेश गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि डेगेन्द्र कार्कीले सामुदायिक वनलाई पर्यटन र आम्दानीका श्रोत बढाउन लाग्नुपर्ने बताए। उनले आर्थिक पारदर्शीतामा पाँचपोखरी सामुदायिक वन पछी परेको भन्दै त्यसतर्फ ध्यान दिन समेत आग्रह गरेका थिए।

पुराना समितिहरुका ७ लाख भन्दा बढी बेरुजु देखिएको तर्फ इङ्गित गर्दै वडाध्यक्ष कार्कीले असल नियत लिएर संघ सस्थामा आउन अनुरोध गरेका थिए।

सामुदायिक वन उपभोक्ता महासंघ, झापाका अध्यक्ष वेदप्रकाश भण्डारीले सामुदायिक वन भित्र हुने गलत अभ्यासको बिरोध गर्नुपर्ने बताए।

उनले पाँचपोखरी सामुदायिक वन भित्र देखिएका समस्या समाधानमा महासंघले सहयोग गरेपनि गलत कुरामा साथ नदिने समेत उल्लेख गरे।

नयाँ पदाधिकारी चयन गर्न बसेको साधारणसभामा अध्यक्ष,उपाध्यक्ष र सचिव पदमा एक भन्दा बढि उम्मेदवारी परेपछि निर्वाचन मण्डल गठन गर्दै साधारणसभा स्थगन भएको छ।

वडा नम्बर ५का वडाध्यक्ष डेगेन्द्र कार्कीको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन मण्डल गठन भएको कार्यवाहक अध्यक्ष झोमनाथ दाहालले जानकारी दिए। उनका अनुसार निर्वाचन मण्डलले मंगलबार आवश्यक प्रक्रिया अघि बढाउने छ।

अध्यक्ष पदका लागी बिष्णुप्रसाद न्यौपाने र चेतन आचार्य प्रतिष्पर्धामा छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च