पाँच हजारले बढ्यो सुनको मूल्य, चाँदीमा पनि वृद्धि

काठमाडौं। अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रत्यक्ष असर नेपाली बजारमा पनि देखिएको छ। विगत तीन दिनदेखि स्थिर रहेको सुनको मूल्य आज एकैचोटि तोलामा रु ५,००० ले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा रु १,८९,८०० पुगेको छ। यस्तै, चाँदीको मूल्य पनि तोलामा रु ५० ले बढेर रु १,९९० कायम भएको छ।

EPIC EPIC EPIC EPIC EPIC

अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस ३,३२१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *