ताप्लेजुङ। ताप्लेजुङको पाथीभरा क्षेत्रमा मदिराको बिक्री, वितरण तथा सेवनमा प्रतिबन्ध लगाइएको छ ।
पाथीभरा क्षेत्र विकास समितिले आज एक सूचना जारी गर्दै मदिरा बिक्री र सेवनमा रोक लगाएको हो ।
समितिले फेदी, बलुडाँडा, काफ्लेपाटीलगायत स्थानमा रहेका होटल तथा व्यवसायीलाई मदिरा बिक्री नगर्न आग्रह गरेको छ ।
साथै समितिले मदिरा बिक्री वा सेवन गरेर धार्मिकस्थलको वातावरण प्रदूषित गर्नेहरूलाई प्रचलित कानून बमोजिम कारबाही गर्ने चेतावनी पनि दिएको छ ।