पुल मुनी पिसाब फेरेको विवादमा युवकको हत्या

काठमाडौं। काठमाडौं महानगरपालिका–२० स्थित परोपकार पुलमुनी पिसाब फेर्ने विषयमा उत्पन्न विवादले ज्यान लिएको छ। काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–१० घर भई परोपकार पुल आसपास बस्दै आएका “माइला” भनिने बिक्रम तामाङको छुरा प्रहारबाट हत्या भएको हो।

प्रहरीका अनुसार घटनामा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–७ घर भई हाल डल्लु बसोबास गर्दै आएका आशिष श्रेष्ठ संलग्न रहेका छन्। श्रेष्ठलाई जनसेवा प्रहरी वृत्तको टोलीले प्राविधिक अनुसन्धानका आधारमा पक्राउ गरेको जनसेवा वृत्तका डिएसपी कृष्ण चन्दले जानकारी दिए।

EPIC EPIC EPIC

घटना आइतबार (बैशाख १६) बिहान साढे ११ बजे भएको हो। पुलमुनी पिसाब फेर्ने क्रममा बिक्रमले आशिषलाई गाली गरेका थिए। सोही विषयमा विवाद बढ्दै जाँदा आशिषले झोलाबाट चक्कु निकालेर तामाङमाथि प्रहार गरेका थिए। गम्भीर घाइते भएका तामाङको उपचारको क्रममा निधन भएको थियो।

प्रहरीले घटनामा प्रयोग गरिएको चक्कु समेत बरामद गरेको छ। अहिले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जनसेवा वृत्तले संयुक्त रूपमा आरोपी श्रेष्ठमाथि कर्तव्य ज्यानअन्तर्गत मुद्दा दर्ता गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *