पूर्वी नेपालमा बिहानैदेखि चट्याङसहित वर्षा

झापा। झापामा आज एकाबिहानै वर्षा सुरु भएको छ । वर्षा हल्का भए पनि कालो बाक्लो बादलसँगै हावा पाँच किलोमिटर प्रतिघण्टाको गतिमा रहेको छ ।

पश्चिमी वायु तथा स्थानीय वायुको साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभावले आज पूर्वी नेपालमा वर्षा हुने अनुमान गरिएको छ ।

EPIC EPIC EPIC

मौसम पूर्वानुमान महाशाखाका अनुसार सो प्रभावले कोशी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्का हल्का वर्षा भइरहेको छ । झापासहित तराईमा धुम्म बादल लागेको छ ।

हाल कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ ।

आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा स्थानमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *