पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं — नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। इन्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यसूचीका आधारमा पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाइएको हो।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ तथा डिजेल र मट्टितेलमा ३/३ रुपैयाँले मूल्य घटाइएको छ। नयाँ दरअनुसार उपत्यकामा पेट्रोल प्रतिलिटर १५७ रुपैयाँ, डिजेल र मट्टितेल १४२ रुपैयाँ कायम भएको छ।

EPIC EPIC EPIC EPIC EPIC

मूल्य समायोजन बिहीबार राति १२ बजेदेखि लागू हुने निगमले जानकारी दिएको छ। यद्यपि हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *