कचनकवल । आयोजक बगान युथ क्लबलाई पराजित गर्दै हिमाली युनाइटेड प्रथम बगान गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।
बुधबार कचनकवल-३ स्थित पथरिया माविको खेलमैदानमा जारी प्रथम बगान गोल्डकपको पहिलो सेमिफाइनल खेलमा बगान युथ क्लबलाई पेनाल्टी सुट-आउटमा ९/८ गोल अन्तरले हराउँदै हिमाली युनाइटेड उपाधि नजिक पुगेको हो। आज भएको खेलको म्यान अफ दि म्याच भने विजेता टिमका गोल रक्षक मणिराज लिम्बु भएका छन्।

जितसँगै हिमालीले नगद रू २० हजार निश्चित गरेको छ।
खेलको निर्धारित समयमा दुवै टिमले १-१ गोल गरेपछि खेल टाइब्रेकरमा धकेलिएको हो। भोलि सेमिफाइनलको दोस्रो खेल हुने छ जसमा राजगढ एफ.सी र स्यालडाँगी(बिर्तामोड) भिड्ने छन्।





















