प्रथम शान्तिनगर जागृती नकआउट फुटबल :पूर्बेली फुटबल क्लब सेमिमा प्रबेश

शान्तिनगर । पुर्बेली फुटबल क्लब बिर्तामोड झापाको बुद्धशान्ति -५ मा जारी प्रथम शान्तिनगर जागृती नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । खारखोलाको गौतम बुद्ध आधारभुत बिध्यालयको प्राङ्गणमा सम्पन्न खेलमा बहुबन फुटबल क्लबलाई पराजित गर्दै पुर्बेली क्लब बिर्तामोड सेमिमा प्रबेश गरेको हो ।

राष्ट्रिय खेलाडी सन्जोग राई सङ्ग उत्रिएको बिर्तामोडका लागि श्याम मुर्मुले २ र हिसुब थपलियाले १ गोल गरेका थिए भने पराजित टोलि बहुबनका तर्फबाट मन लिम्बु र क्प्तान रसिद लिम्बुले गोल फर्काएका थिए । आजको खेलको म्यान अफ द म्याच दुई गोल कर्ता श्याम मुर्मु घोशित भएका छन ।

EPIC EPIC EPIC EPIC EPIC EPIC

यसैगरी प्रतियोगिताको उद्घाटन खेलमा आयोजक जागृती क्लबले प्रदेश १ ब्यवस्थापना पुलिस क्लबलाई ३र२ ले पराजित गरेको थियो । आयोजकलाई सेमिफाइनलमा प्रबेश गराउन २ गोल गर्न सफल गणेश मगर म्यान अफ द म्याच घोषित भएका थिए ।


प्रतियोगिताको उपाधी बिजेतालाई नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र साथै उपबिजेतालाई नगद ३० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष अजय सरदारले जानकारी दिनुभयो । भोलिको खेल रोङ फुटबल क्लब र धुलाबारी फुटबल एकाडेमी हुने आयोजकले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *