इनरुवा। प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यायल कोशी प्रदेशको आयोजनामा पाँच दिने व्यावसायिक योजना तालिम सुरुवात गरिएको छ ।

जेठ १८ देखि २२ गतेसम्म हुने तालिममा कोशी प्रदेशका करिब २० वटा सहकारी संस्थाका अध्यक्ष, व्यवस्थापक, कर्मचारी, सञ्चालकको सहभागिता रहेको छ । तालिम प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यायलको तालिम भवनमा भइरहेको छ ।

तालिमको उद्घाटन प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयका निमित्त रजिस्ट्रार हरिबहादुर खत्रीको अध्यक्षता भएको थियो। उनले पानसमा बत्ती बालेर तालिमको उद्घाटन गरेका हुन् । उनले उद्घाटन पश्चात तालिमले प्रशिक्षार्थीहरुलाई आफ्नो संस्थामा गएर संस्थाको भविष्यमा योजना निर्माण गरी सोही योजना अनुसार कार्य गर्न सके निर्धारित लक्ष्यमा पुग्न सकिने बताउँदै सहकारी प्रशिक्षक मनोज कार्कीले सहभागी प्रशिक्षार्थीहरुलाई यस तालिमको भरपुर फाइदा लिनहुन अनुरोध समेत गरेका थिए ।
